बिऊ जमाएर नयाँ बिरुवा हुर्काएर प्याज फलाईन्छ। यसरी प्याज फलाउदा हरियो प्याजको समेत प्रयोग गर्न सकिन्छ। तर, बिरुवा नपाउदा तपाईलाई हरियो प्याज हुर्काउन समस्या परेको पनि हुन सक्छ। आउनुहोस, बिरुवा नपाउदा पनि कसरी  हरियो प्याज तयार गर्ने भन्ने बारे छोटो कुरा गरौं।

पुरानो प्याजको गानो नै रोपेर पनि  हरियो प्याज तयार गर्न सकिन्छ। यसरी,

तपाईले  पसलबाट प्याज त किन्नु भएकै होला। यि प्याज प्राय ठुला आकारका हुन्छन। धेरैजसो टेनिस बल भन्दा ठुला हुन्छन। हरियो पातका लागि ठुला ठुला आकारका प्याज रोप्दा निकै खर्च हुन्छ। त्यसैले भान्सामा प्याज प्रयोग गर्दा भित्रको गुभो छुट्याउने र बाँकी बाहिरी भागलाई माटोमा रोपेर पनि हरियो प्याज हुर्काउन र प्रयोग गर्न सकिन्छ।

तर याद गर्नु पर्ने कुरा चाहि, तपाईले प्याज किन्दा सकेसम्म पुरानो किन्नु होला। भण्डारण गरेको ३-४ महिना पुगेको प्याजको राम्रोसंग टुसा पलाउछ।

तरिकाः

भान्छमा ३-४ दिनम सम्म प्याजको भित्री गुभो संकलन गर्ने। तिनिहरुलाई केहि ओसिलो ठाउमा राख्ने। १०-१५ वटा जम्मा भैसके पछि तिनिहरुलाई एकै पटक लगाउन सकिन्छ।

प्याज लगाउने कसरी?

  • खुकुलो र मलिलो माटो तयार गर्ने। माटोको गहिराई  ६ ईन्च जति भए हुन्छ।
  • संकलन भएको प्याजको गुभोलाई तल जरा हुने गरि माटोको सतह मिल्ने गरी रोप्ने।
  • रोपेको १०-१२ दिनमा प्याजमा नयाँ टुसा आउन सुरु हुन्छ।
  • यसरी अम्रिएको प्याज ३० दिनमा प्रयोग गर्न योग्य हुनेगरी तयार हुन्छन।

प्याजको हरियो पात कसरी टिप्ने?

प्याजको पात टिप्दा पुरानो (जेठो) प्याजको पात चुड्नु वा काट्नु पर्छ। यसरी पात टिप्दा कैचिको प्रयोग गर्न सके झन राम्रो हुन्छ। यसले प्याजको बोट र नयाँ पातमा नोक्सानी हुन पाउदैन।

यसरी नियमित हरियो प्याज प्रयोग गरिसेके पछी केहि हप्तामा प्याजका पुरै पात लाई हुर्किने गरी छाडिदिने हो भने ति पुराना प्याजका गानामा नयाँ प्याज पनि तयार हुन्छन।