कोठाको उज्यालो कुनामा फुलाउन सकिने सुन्दर फूल हो अफ्रिकन भ्वायलेट। सानो गमला र त्यसलाई ढपक्क ढाकने पात र त्यसमाथी बाक्लो गरी फुल्छ यो फूल।

 नेपालमा केहि सौखिनको घरमा मात्र फेला पर्छ अफ्रिकन भ्यायलेट। चिया कप जत्रो गमलामा फुल्ने भएकाले अफ्रिकन भ्यायलेटले सानो ठाउँ ओगट्छ। ३-४ वटा फूल एकै ठाउँमा राख्न सकियो भने त सानो गार्डेन जस्तो पनि देखिन्छ।

यो फूल बिभिन्न रंगमा फुल्दछ। सेतो, कलेजी, बैजनी, प्याजी जस्ता रंगहरु चाहिं अफ्रिकन भ्यायलेटका चलेका छन।

यो बर्षै भरी फुल्दछ। अफ्रिकन भ्यायलेटका फूलहरु ३०-४०दिन सम्म फुलिरहन्छन।

हामीले हुर्काईरहेका अफ्रिकन भ्यायलेट हेर्नुहोस तलको भिडियोमा।