च्याउ धेरैले मनपराउने तरकारी हो। यो स्वास्थ्यका लागि पनि निकै गुणकारी छ। च्याउ तरकारी पसल वा सुपरमार्केटमा किन्न पनि पाईन्छ। तर ब्यवसायिक रुपमा उत्पादन गरिएका यस्ता च्याउमा बिषादीको पनि प्रयोग भएको हुन्छ।

हरियो तरकारीमा प्रयोग भएका बिषादीको निकै चर्चा हुन्छ तर च्याउ कसरी उत्पादन हुन्छ त्यसको कुरा चाहि हुदै हुदैन।

बिषादीको प्रयोग नगरीकन वा एकदम कम प्रयोग गरेर च्याउ कसरी फलाउने यो लेखमा जानकारी दिदै छौं।

चाहिने सामानः

  • प्लास्टिकको झोला पारदर्शी (सामान प्याक गर्ने झोला भए पनि हुन्छ)
  • १ मुठा पराल
  • र, च्याउको बिऊ

तरिकाः

  • पराललाई १ ईन्चको टुक्रा बनाउनु होस।
  • काटिएको पराललाई राम्रोसंग पखाल्नुहोस।
  • पखालेको पराललाई १० मिनेट जति पकाउनुहोस। प्रेसरकुकरमा ३-४ सिठ्ठी लगाउन सक्नु भयो भने त्यो निक्कै राम्रो हुन्छ। कुनै पनि किरा र रोग रहोस र निर्मलिकरण होस भनेर यसो गरिएको हो।
  • पकाएको पराल लाई सफा ठाउमा राख्नुहोस र पानी तर्कन दिनुहोस। पराल राख्ने ठाउमा कुनै किटाणु नहोस भनेर सफा त्रिपाल वा प्लास्टिक पनि ओछ्याउन सकिन्छ।
  • पानी तर्कि सकेपछि  पराललाई च्याउ हुर्काउन प्रयोग गरिने प्लास्टिकको ब्याग भर्नु पर्छ। यसरी पराल भर्दा पहिलो २ ईन्च पराल अनि च्याउको बिऊ, २-३ ईन्च पराल अनि बिऊ गरेर भर्नु पर्छ।

बिऊको दाना राख्दा प्लास्टिकको बाहिरी घेरा तिर राख्नु (छर्नु) पर्दछ। यसरी तह-तह बनाएर च्याउ र पराल भरीसके पछि प्लास्टिकमा साना साना प्वाल पार्नु पर्छ। यसरी प्वाल पार्न काँटिको प्रयोग गर्न सकिन्छ। त्यसपछि पराल र बिऊ भरिएको प्लास्टिकलाई गुम्म परेको र हावा नछिर्ने र अध्यारो कोठामा राख्नु पर्छ।

यसरी अध्यारोमा राखेको ३ हप्तामा प्लास्टिकको बाहिरी भागमा सेतो रंगको ढुसी जस्तो देखिन थाल्छ।   यस्तो देखिएको ठाउमा धारीलो पत्तीले  ‘क्रस’ हुने गरी काटेर च्याउ आउने ठाउँ खोल्दिनु पर्छ।

त्यसपछि सो प्लास्टिकको पोकोलाई सिधै घाम नलाग्ने तर हावाखेल्ने ठाउमा राख्नुपर्छ।

त्यसरी बाहिर राखेको १० दिनमा च्याउ खान योग्य भएर तयार हुन्छ।

च्याउको ब्याग खुल्ला हावामा राखे पछि यसलाई बिहान र बेलुका गरी नियमित रुपले पानी छम्कनु पर्छ। कुनै पनि बेला त्यो ब्यागमा चिस्यान घटनु भने हुदैन।

 च्याउ दिन (फल्न) सुरु गरेको ब्याग बाट ४ पटक सम्म च्याउ टिप्न सकिन्छ।

च्याउको ब्याग बनाएको २२ देखि ३० दिन सम्ममा च्याउ फल्न सुरु गर्छ।

हामीले तयार गरेको च्याउको ब्यागको भिडियो यो लिङ्कमा छ।

अब घरमै च्याउ फलाउनुहोस। हामी च्याउ फल्ने “रेडिमेड” ब्याग बनाईरहेका छौ।

अब घरमै च्याउ फलाउनुहोस। हामी च्याउ फल्ने “रेडिमेड” ब्याग बनाईरहेका छौ।

Posted by कौसी खेति on Saturday, 1 September 2018