कौसीखेती गर्न चाहिने आवश्यक सामानहरु बिक्रीमा

कौसीखेतीमा चाहिने उपयोगी सामानको लिस्ट हेर्नुहोस। यो पेजको अन्तिममा फोन नं. दिएका छौ। फोन गरेर सामान अर्डर गर्न सक्नुहुन्छ।

१.कोकोपिट

मुल्य रु ५०० वजन ५ केजी

कोकोपिट नरिवलको जटाबाट बनेको भुस हो। यो भुसलाई खाँदेर ईट्टा जस्तो बल्क बनाएर बिक्री गरिन्छ।

कोकोपिटमा कुनै खाद्य तत्व हुदैन यसमा टन्न मल मिसाउनु पर्छ। कौसीखेतीमा कोको पिटको प्रयोग गर्दा माटो खुकुलो र हलुँङ्गो हुने हुदा बिरुवालाई हुर्कन निकै सजिलो हुन्छ। यसकारणले आजभोली धेरैले कौसीमा कोकोपिट मिसाएको माटोमा खेती गर्न थालेका छन।

ब्लकमा आउने कोकोपिटमा पानी मिसाउदा यो फुलेर धुलो हुन्छ। र, यो करीव ८ गुना फुलेर आउ

…………….

२.गड्यौला मल

मुल्य ४२० वजन १५ केजी

थोरै माटोमा उत्पाउन लिनुपर्ने भएकाले कौसीखेतीमा प्रसस्त मल राख्नु पर्छ। गड्यौला मल कौसीखेती र फूलबारी दुबैका लागी निकै उपयोगी मल हो। गड्यौला मललाई ब्याक गोल्ड पनि भनिन्छ। माटोको सुधार गर्न र  पोरस बनाउन पनि यो निकै उपयोगी छ। दुर्गन्ध नआउने खुकुलो र मुलायम गड्यौला मल

बोटबिरुवाको उत्तम खाना हो।

३.ग्रो ब्याग

मुल्य ११० साईज ८ ईन्ची

मुल्य १६० साईज १२ ईन्ची

ग्रो-ब्याग पनि कौसीखेतीको नयाँ प्रबिधि हो। फाईबर बाट बनेको यो भाडोमा मलिलो माटो राखेर  विभिन्न तरकारी फलाउन सकिन्छ। निक्कै हलुङ्गो भएकाले यो प्रयोग गर्न र चाहेको बेला ठाऊँ सार्न पनि सजिलो  हुन्छ। ग्रो-ब्यागमा अरु गमलामा जस्तो हावा थुनिने समस्या नहुँदा पोरस तयार हुनगई जरामा अक्सिजन सजिलै प्राप्त गर्ने हुदा बिरुवाको  बृद्धि र विकास सजिलै हुन्छ।

हामीसंग भएको ग्रो-ब्याग प्रयोग अनुसार २ देखी ४ बर्षसम्म टिक्छ।

४. स्मार्ट कम्पोष्ट बिन

मुल्य रु २५५० सामानहरुः २० लिटरका २वटा बकेट , २ सेट ‍फिटिंग सामान र २ केजी डिकम्पोजर

घरबाट दिनदिनै निस्कने फोहोरलाई हरेक ३० दिनको अन्तरालमा मल बनाउन सकिने यो सजिलो र स्मार्ट तरिका हो। कौसी वा भान्छ नजिकै राख्न सकिने यो प्रबिधिमा झोर र ठोस मल दुबै संकलन सकिन्छ। निक्कै कम गन्ध आउने हिसाबले यसलाई निर्माण गरिएको छ। यि बकेटसंगै आउने डिकम्पोजरले मल बनाउने प्रकृयालाई निकै छिटो गर्छ।

भिडियो रिभ्यूः

५.सिजनल बिऊ

मुल्य रु ३५० १० थरी तरकारीका सिजन अनुसारका बिउहरु एकै पोकामा।

यो बिऊको पोका अर्डर गर्दाको समयमा लगाउन मिल्ने तरकारी, फलफुल र सागको पहिचान गरी तयार पारिएका बिऊहरु उपलब्ध गराईन्छ।

६. निमको बिषादी

मुल्य रुः ३५० मात्राः १०० मिलिलिटर 

थोपा सिंचाई

कौसीमा  बिरुवालाई नियमित पानी दिन तयार पारिएको थोपासिंचाईका हामीसंग ३ मोडेल उपलब्ध छन। थोपासिंचाईले ७० प्रतिशत सम्म पानीको बचत गर्छ। र, सिंचाई गर्न  तपाईको केहि समय मात्र खर्च हुन्छ।

मोडेल -१ बोतल थोपा सिचाईः

बोतल थोपा सिचाईः
ड्रिपरको संख्या : १०, पाईपको लम्वाई ४ मिटर
मुल्य रु. ६५०/-

बरन्डा वा कौसीको कुनै कुनामा रहेका केहि साना गमलाका फूलहरुलाई छुट्टै पानी दिन यो थोपासिँचाईको डिजाईन गरिएको हो। एउटा बोतलमा पानी भरेर यो थोपा सिँचाईको सहयोगमा बिरुवालाई नियमीत पानी प्रदान गर्न सकिन्छ। थोरै गतिमा लगाईएको खण्डमा यो सिस्टमले १ लिटर पानी ३५ देखी ४५ मिनेटमा सिँचाई गर्दछ। २ लिटरको बोतलमा २ लिटर पानीले २ दिन सम्म सिँचाई गर्न सकिन्छ।

मोडेल -२ बकेट थोपा सिचाईः

पाईपको लम्वाई ८ मिटर
ड्रिपरको संख्या : २०
मुल्य रु. १२५०

कौसीमा २० वटा तरकारीलाई उपयुक्त हुने गरि यो थोपासीचाईको डिजाईन गरिएको छ। यसमा ८ मिटर ड्रिपर पाईपको सयहोगमा ५ लिटर पानी सिचाई गर्न सकिने छ। थोपा सिँचाईको सहयोगमा बिरुवालाई नियमीत पानी प्रदान गर्न सकिन्छ। थोरै गतिमा लगाईएको खण्डमा यो सिस्टमले १ लिटर पानी ३५ देखी ४५ मिनेटमा सिँचाई गर्दछ।

यसमा प्रयोग गरिने बकेट र ३ मिटर पौने ईन्च पाईप तपाई आफैले छुट्टै किन्न पनि सक्नुहुन्छ। ट्याप र स्पिलिटर राखेको बकेट हामीसंग पनि किन्न सक्नुहुन्छ।

मोडेल -३ सम्पुर्ण कौसीमा थोपा सिँचाई

यो मोडेलमा हामी तपाईको समुर्ण कौसीको नाप र आकार हेरी थोपा सिंचाईको डिजाईन गर्ने छौ। मेन टंकीको धारामा जोडेर पौने ईन्चको पाईपमा पानी सप्लाई गरी स्प्लीटरको सहयोगमा कौसीको चारै तिर थोपा सिंचाईको डिजाईन तयार पारिन्छ।

१०० बिरुवाको लागी यो सिस्टमको लागत करीब रु७३००्/- पर्न आउछ।